|
नेपाली जनसर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसँग भेटघाट गर्नु भएको छ । नेपाल भ्रमणमा रहनु भएका अध्यक्ष विष्ट राष्ट्रपति यादवसँग उहाकै कार्यकक्षमा भेटघाट गर्नु भएको हो ।भेटघाटका अवसरमा अध्यक्ष विष्टले अमेरिकामा वस्ले नेपाली , नेपाली काँग्रेसका संगठन र प्रजातानत्रिक अन्दोलनमा अमेरिकामा नेपाली जनसर्म्पर्क अमेरिकाले खेलेको भुमिकाका बारेमा चर्चा गर्नु भएको थियो । सो अवसरमा राष्छ्रपति यादवले आफु नेपाली जनसर्म्पर्क समिति अमेरिकाले गरेका कामहरुबाट निकै प्रभावित भएको , हिजोको दिनमा नेपालमा तानाशाह विरुद्द भएका अन्दोलनको र्समथन जुटाउन अन्तराष्ट्रिय रुपमा नेपाली जनसर्म्पर्क समिति अमेरिकाले अमेरिकाबाट खेलेको भुमिका लागि नेपाली जनसर्म्पर्क समिति अमेरिकालाई धन्यवाद दिनु भयो । अब बन्ने संविधानमा विदेशमा बस्ने नेपालीहरुको बारेमा उचित संवोधन हुनर्ुपर्छ भन्दै अध्यक्ष विष्टले दोयल नागरिता , मताधिकार , विदेशमा बस्ने नेपालीहरुका सुरक्षा विमा लगाएतका कुराहरुको स्पष्ट रुपमा चित्रण संविधानमा हुनु पर्ने , विदेशमा नेपालीले कमाएको पुजि नेपालमा लगानि गर्ने वतावरण बनाउनु पर्ने कुरा राख्नु भएको थियो । त्यसैगरि भेटको क्ममा राष्ट्रपति यादवले देशमा माओवादी सरकारले संविधान अतिकरमण गर्ने र देशलाई गलत दिशा तर्फलैजाने प्रयास गरेकोमा आफुले वध्य भएर कदम उठाउनु परेको जनकारी दिदैँ अमेरिका वाट त्यसको र्समथनमा जनमत जुटाउनु भएकोमा नेपाली जनसर्म्पर्क समिति अमेरिकालाइ धन्यवाद समेत दिदै अमेरिकामा नेपाली सर्म्पर्क अमेरिकाले अझ प्रभावकारी ढंगले काम गरोस भन्ने सुवेक्षा व्यक्त गर्नु भएको थियो । वेद प्रसाद खरेल महासचिव नेपाली जन संपर्क समिती अमेरिका
|